कास्की जिप दुर्घटना अपडेट: मृतकको सनाखत, घाइतेहरूको पोखराका दुई वटा अस्पतालमा उपचार हुँदै (नामावली सहित)- Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

कास्की जिप दुर्घटना अपडेट: मृतकको सनाखत, घाइतेहरूको पोखराका दुई वटा अस्पतालमा उपचार हुँदै (नामावली सहित)- Gandaki Express


चैत्र १८, पोखराबाट भदौरे सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नं. को  बोलेरो जिप दुर्घटनाको थप अपडेट प्राप्त  भएको छ । 

आज साढे ३ बजे तिरको समयमा जिप अचानक सडकबाट अं. २५० मिटर खस्दा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । 


अहिले सम्म प्राप्त भएको विवरण निम्न अनुसार छ : 


पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारार्थ:-


१) चालक:- जिल्ला कास्की अन्नपूर्ण गा.पा. ४ बस्ने वर्ष २२ को धनराज सुनार, अवस्था मध्यम ।


२) जिल्ला कास्की पोखरा २३ बस्ने वर्ष ५८ को लक्ष्मण कामी अवस्था मध्यम ।


३) ऐ.ऐ. ५ सल्यान बस्ने वर्ष ७ को आरुष बि.क., अवस्था मध्यम ।


४) ऐ.ऐ. ४ बस्ने वर्ष ४१ को राज कुमार बि.क., अवस्था मध्यम ।


मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ:-


१) जिल्ला कास्की अन्नपूर्ण गा.पा. ५ सल्यान बस्ने वर्ष ३५ को प्रकाश सुनार, अवस्था मध्यम ।


२) ऐ.ऐ. बस्ने वर्ष ३५ की सुशीला सुनार, अवस्था मध्यम ।


३) ऐ.ऐ. बस्ने वर्ष १५ की स्वनिशा सुनार, अवस्था मध्यम ।


४) ऐ.ऐ. बस्ने २२ महिनाको बालक सुप्रिम सुनार बाहिरी चोट नभएको, अवस्था सामान्य ।


५) जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २३ बस्ने वर्ष ६० को राम प्रसाद सुनार, अवस्था मध्यम ।


६) जिल्ला कास्की अन्नपूर्ण गा.पा. ४ बस्ने वर्ष ५० की देउमाया के.सी., अवस्था मध्यम ।


७) जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २३ कार्कीतगरा बस्ने वर्ष ५५ को लक्ष्मण सुनार उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।


८) ऐ.ऐ. २३ ठुला खेत बस्ने वर्ष अं. ५२ को जयराम सुनार चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :