चैत्र ५, बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा घटनास्थलमै सात जना र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिनुभयो ।
बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभएको छ ।
गाडीमा ३२ जना यात्रु रहेको खबर छ ।