वाइड बडी खरिद प्रक्रियामा करोडौँ भ्रष्टाचार , पूर्व मन्त्री सहित ३२ जनाविरुद्ध मुद्दा दायर - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

वाइड बडी खरिद प्रक्रियामा करोडौँ भ्रष्टाचार , पूर्व मन्त्री सहित ३२ जनाविरुद्ध मुद्दा दायर - Gandaki Express


नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी जहाज किन्दा एक अर्ब ४७ करोड १० लाख ८५ हजार भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री र पूर्व सचिवहरुसहित ३२ जनाविरुद्ध वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेको हो ।

अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवन बहादुर शाही, निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रबन्धक एवं सञ्चालक समिति सदस्य सुगतरत्न कंसाकार, मन्त्रालयका तत्कालीन सचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष शङ्कर प्रसाद अधिकारी लगायतलाई प्रतिवादी बनाएको छ ।

त्यसैगरी भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य शिशिर कुमार ढुङ्गाना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछाने, नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य निमा नुरु शेर्पा, नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य मुक्तिराम पाण्डेलाई समेत प्रतिवादी बनाइएको छ ।

यसैगरि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य जीवन प्रकाश सिटौला र नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य अच्युतराज पहाडीलाई समेत प्रतिवादी बनाइएको छ ।

कम्पनीका प्रतिनिधिहरू र खरिदकर्ता नेपाल वायुसेवा निगमका कर्मचारी-पदाधिकारीहरूको प्रत्यक्ष संलग्नता र मिलेमतोमा बदनियत राखी गैरकानुनी रूपमा सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्‍याउने र आफूहरूलाई गैर कानुनी लाभ पुर्‍याउने गरेको अख्तियारको दाबी छ ।

अभियोग र प्रकरणमा संलग्ग अधिकारीहरुको विवरण

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :