वैशाख ७, जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटनामा परेको हो।
बस आज बिहान करिब ७ः ३० बजेतिर सडकबाट करिब २ सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ।
गम्भीर घाइते ७ जनालाई सिन्धु सदाबहार अस्पताल लगिँदै गरेको खबर छ ।
ज्यान गुमाउनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको र उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।