म्याग्दीमा सडक छेउमा ठोक्किएर यात्रुवाहक बस अचानक सडकमा पल्टिँदा ४ जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

म्याग्दीमा सडक छेउमा ठोक्किएर यात्रुवाहक बस अचानक सडकमा पल्टिँदा ४ जना घाइते - Gandaki Express


भदौ  १० गते । म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।


बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–६ स्थित गलेश्वर नजिकै  ठूलोबौरमा सोमबार साँझ ५:३० बजे  ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीकाअनुसार रघुगंगा गाउँपालिका–१, तिप्ल्याङका ३० वर्षीय चालक रमेश खड्का, सोही वडा बेगखोलाका सहचालक २८ वर्षीय धनकुमार बुढा, तिप्ल्याङकै २८ वर्षीय रोशन पुर्जा र रघुगंगा गाउँपालिका–३, पिप्लेका २९ वर्षीय भुमिराज रानामगर रहनुभएको छ । 


रोशन गम्भीर घाइते हुनुभएको छ भने चालक रमेश र भुमिराजको अवस्था मध्यम रहेको छ । त्यस्तै सहचालक धनकुमारको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको  छ । 


घाइतेहरुको टाउको, हात, खुट्टा लगायत शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडक छेउमा ठोक्किएर बस अचानक सडकमा पल्टिएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :