एसईई परीक्षामा चिट चोर्ने र चोराउने क्रम बढ्दै, १२३३ मोबाइल जफत, ६ गाइड पक्राउ

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एसईई परीक्षामा चिट चोर्ने र चोराउने क्रम बढ्दै, १२३३ मोबाइल जफत, ६ गाइड पक्राउ


चैत १०,

एसईई  परीक्षा सुरु भएको तेस्रो दिनसम्म परीक्षामा चिट चोर्ने घटनाहरू बढ्दो क्रममा देखिएका छन्। रौतहट जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म १,२३३ थान मोबाइल फोन नियन्त्रणमा लिइएको छ भने ६ जना गाइड पक्राउ परिसकेका छन्।


परीक्षाको पहिलो दिन मात्र ४२४ मोबाइल जफत गरिनुका साथै २ जना गाइड पक्राउ परेका थिए। त्यसपछिको दिनमा चेकजाँच थप कडा पारिएको भए पनि चिट चोर्ने प्रवृत्ति रोकिएको छैन। आज (तेस्रो दिन) मात्रै प्रहरीले ४४९ मोबाइल नियन्त्रणमा लिएको छ भने थप २ जना गाइड पक्राउ परेका छन्।


प्रहरीका अनुसार परीक्षार्थीहरूले मोबाइल लुकाएर चिट चोर्न खोज्ने तथा गाइडहरूले उत्तर बोल्ने जस्ता कार्यमा संलग्न भएका कारण निगरानीलाई थप कडा बनाइएको छ। यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जनाइएको छ।


जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार परीक्षाको शुद्धता र मर्यादा कायम राख्न प्रहरी प्रशासनले निगरानी कार्य अझ कडा बनाउने जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :