रोकिराखेको हाइस आफैँ गुडेर दुर्घटना हुँदा एक युवतीको ज्यान गयो, अन्य नौ जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

रोकिराखेको हाइस आफैँ गुडेर दुर्घटना हुँदा एक युवतीको ज्यान गयो, अन्य नौ जना घाइते - Gandaki Express

 


चैत ११, काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागाढुङ्गामा आइतबार साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।


चितवनबाट काठमाडौँ जाँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो ।


दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।


उहाँका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ । हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :