चैत १४ गते मनकामना केबलकार सेवा एक दिनका लागि बन्द हुने- Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

चैत १४ गते मनकामना केबलकार सेवा एक दिनका लागि बन्द हुने- Gandaki Express





चैत ११ गते

गोरखा — मनकामना केबलकार सेवा चैत १४ गते बिहीबार एक दिनका लागि बन्द हुने भएको छ। केबलकार सञ्चालन गर्ने मनकामना दर्शन प्रालिले सोमबार सूचना जारी गर्दै मर्मत सम्भारका लागि सेवा बन्द रहने जानकारी दिएको हो।

प्रालिका नायब प्रबन्धक उज्जल सेरचनका अनुसार केबलकारको नियमित टावर मर्मत गर्नुपर्ने भएकाले सेवा अस्थायी रूपमा बन्द गरिएको हो। तर, वटम स्टेशनस्थित रेस्टुरेन्ट सेवा भने यथावत रूपमा सञ्चालन हुनेछ।

वि.सं. २०५५ सालदेखि सञ्चालनमा आएको मनकामना केबलकारले दर्शनार्थीलाई झण्डै १० मिनेटमै मन्दिरसम्म पुर्‍याउने सेवा दिँदै आएको छ। हालै मात्र केबलकारमा २६ वर्ष पुरानो प्रविधि प्रतिस्थापन गरी विश्वमै प्रयोगमा रहेको आधुनिक प्रविधि जडान गरिएको थियो। त्यसअनुसार स्तरवृद्धिपछि पहिलोपटक मर्मतका लागि सेवा रोकिने प्रालिले जनाएको छ।

एक दिनको बन्दबाट दर्शनार्थीलाई पर्न गएको असुविधाप्रति क्षमायाचन गर्दै प्रालिले चैत १५ गते शुक्रबारदेखि सेवा पुनः नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :