स्याङजा – स्याङजा जिल्लाको पुतलिबजार नगरपालिका–७ बस्ने २४ वर्षीय सुन्दर गौतममाथि १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। पीडित नाबालिकाको अभिभावकले दिएको जाहेरीका आधारमा गौतमलाई २०८१ साल फागुन १२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।
प्रहरीका अनुसार, २०८१ साल फागुन ९ गते सो घटना भएको भन्दै पीडितका अभिभावकले उजुरी दिएका थिए। जाहेरीपत्रमा आरोपितले डर धम्की देखाई जबरजस्ती करणी गरेको उल्लेख छ।
घटनापछि प्रहरीले तत्कालै प्रतिवादीलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेको छ। अनुसन्धानका लागि सम्मानित स्याङजा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
नेपालको कानुनअनुसार जबरजस्ती करणी जघन्य अपराध अन्तर्गत पर्दछ। यदि आरोप पुष्टि भएमा, मुलुकी अपराध संहिता, २०७४ बमोजिम कडा कानुनी कारबाही हुने प्रहरी स्रोतले जनाएको छ।