जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार दुर्घटनामा ४८ वर्षीया दिलसरा आलेको घटनास्थलमै मृत्यु भएको हो। उहाँ वालिङ–७, हिलेपानी निवासी हुनुहुन्थ्यो।
केँवरेबाट पोखरा जाँदै गरेको ग १ ज ७५११ नम्बरको विंगर मझकोटमा अनियन्त्रित भई दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। स्थानीयवासीले बिहान झन्डै ७ बजेतिर गाडी दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
दुर्घटनापछि गाडीका चालक फरार रहेका छन्। हालसम्म उनीसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटना कहिले र कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

