स्याङ्जामा विंगर दुर्घटना: एक महिलाको मृत्यु, चालक सम्पर्कबिहीन - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा विंगर दुर्घटना: एक महिलाको मृत्यु, चालक सम्पर्कबिहीन - Gandaki Express


स्याङ्जा, चैत १० — स्याङ्जाको वालिङ नगरपालिका–७, मझकोटमा आइतबार बिहान विंगर गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ।


जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार दुर्घटनामा ४८ वर्षीया दिलसरा आलेको घटनास्थलमै मृत्यु भएको हो। उहाँ वालिङ–७, हिलेपानी निवासी हुनुहुन्थ्यो।


केँवरेबाट पोखरा जाँदै गरेको ग १ ज ७५११ नम्बरको विंगर मझकोटमा अनियन्त्रित भई दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। स्थानीयवासीले बिहान झन्डै ७ बजेतिर गाडी दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।


दुर्घटनापछि गाडीका चालक फरार रहेका छन्। हालसम्म उनीसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटना कहिले र कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :