पोखराको पृथ्वीनारायण क्याम्पसमा स्थगित स्ववियु निर्वाचन आइतबार हुँदै - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराको पृथ्वीनारायण क्याम्पसमा स्थगित स्ववियु निर्वाचन आइतबार हुँदै - Gandaki Express


पोखरा, चैत ९ – मतपत्रमा त्रुटि देखिएपछि स्थगित भएको पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आइतबार चैत १० गते हुने भएको छ। निर्वाचन समिति, क्याम्पस प्रशासन, विभिन्न विद्यार्थी संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारहरूबीच भएको सर्वपक्षीय छलफलले नयाँ मिति तय गरेको हो।


निर्वाचन समिति संयोजक प्रा. डा. रामचन्द्र पोखरेलद्वारा जारी विज्ञप्तिमा निर्वाचन चैत १० गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म क्याम्पस परिसरमै सम्पन्न हुने जनाइएको छ। 


यस पटक पृथ्वीनारायण क्याम्पसमा कूल ९ हजार २ सय ७० जना विद्यार्थी मतदाताको रूपमा सहभागी हुनेछन्। चैत ५ गते हुने भनिएको निर्वाचन मतपत्रमा अखिल (छैटौँ) संगठनका उम्मेदवारको नाम नदेखिएपछि विवाद चुलिएको थियो। त्यसपछि निर्वाचन समिति विवाद समाधानका लागि निर्वाचन स्थगनमा जान बाध्य भएको थियो।


२०६५ सालपछि हुन लागेको यो ऐतिहासिक २२औँ स्ववियु निर्वाचनमा ८ जना अध्यक्ष पदका उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रमुख उम्मेदवारहरूमा अनेरास्ववियुबाट विष्णु पौडेल, नेविसङ्घबाट सुशील न्यौपाने, अनेरास्ववियु (क्रान्तिकारी)बाट नवीन अधिकारी रहेका छन्। यसबाहेक संयुक्त प्यानल (अनेरास्ववियु, अखिल समाजवादी र क्रान्तिकारी) बाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ, अखिल (छैटौँ) बाट मिलन सुनारले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।


स्वतन्त्र तर्फबाट कमल सुवेदी र विप्लवी न्यौपाने चुनावी मैदानमा छन्।


क्याम्पसमा लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। अब मतदाताको नजर निर्वाचनको निष्पक्षता र प्रतिस्पर्धाको मर्यादामा केन्द्रीत हुनेछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :