पोखरा महानगरका अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरा महानगरका अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ - Gandaki Express


पोखरा, चैत ७ – उजुरी मिलाइदिने लोभ देखाउँदै नगद घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले गिरीलाई बिहीबार दिउँसो न्युरोडबाट नगद २५ हजार रुपैयाँसहित रंगेहात नियन्त्रणमा लिएको हो।


पोखरा महानगरपालिकाविरुद्ध परेका उजुरीहरू छानबिन तथा फस्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले “अख्तियारमा परेको उजुरी मिलाइदिन्छु” भन्दै कृत्रिम उजुरी खडा गरी सेवाग्राहीसँग रकम मागेको प्रारम्भिक अनुसन्धानमा खुलेको अख्तियार पोखराका उपसचिव राकेश पाण्डेले जानकारी दिए।


“एक लाख रुपैयाँ मागिएको भनिएको छ, तर नियन्त्रणमा लिँदा उहाँको साथबाट २५ हजार रुपैयाँ बरामद गरिएको छ,” पाण्डेले बताए। हाल गिरीमाथि थप अनुसन्धान भइरहेको छ।


अख्तियारले भ्रष्टाचारविरुद्धको कारबाहीलाई सशक्त रूपमा अगाडि बढाइरहेको सन्दर्भमा सरकारी सेवामा कार्यरत व्यक्तिहरूद्वारा हुने यस्ता गैरकानुनी कृयाकलापप्रति कडा निगरानी आवश्यक रहेको सन्देश यो घटनाले पुनः उजागर गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :