गोरखा, चैत ६ – गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ टुकराङकी ६९ वर्षीया बिमायाँ बरामको काठको मुढा लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार, मंगलबार दिउँसो करिब १ बजे घाँस काट्न गएकी बराममाथि बोराखर्क जंगलमा अचानक माथिबाट खसेको काठको मुढा लाग्दा गम्भीर घाइते भएकी थिइन्।
टाउको र छातीमा गहिरो चोट लागेकी बराम अचेत अवस्थामा फेला परेपछि उपचारका लागि लगिएको भए पनि उनको ज्यान जोगाउन सकिएन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।