पोखराको पृथ्वीचोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराको पृथ्वीचोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते - Gandaki Express


पोखरा, चैत २८ — पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दिउँसो करिब साढे १२ बजेतिर ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा–१४ चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेल गम्भीर घाइते भएका थिए।


घाइते कँडेललाई तत्कालै उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। तर, केही समयपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।


दुर्घटनामा ट्रक चालक नुवाकोटको बेलकोट नगरपालिका–५ का ३५ वर्षीय प्रकाश अधिकारी र स्कुटर चालक २३ वर्षीया सुस्मिता कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुस्मिता मृतक शिवराज कँडेलकी छोरी हुन्।


दुर्घटनामा सुस्मिताको हात र घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :