घाइते कँडेललाई तत्कालै उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। तर, केही समयपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
दुर्घटनामा ट्रक चालक नुवाकोटको बेलकोट नगरपालिका–५ का ३५ वर्षीय प्रकाश अधिकारी र स्कुटर चालक २३ वर्षीया सुस्मिता कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुस्मिता मृतक शिवराज कँडेलकी छोरी हुन्।
दुर्घटनामा सुस्मिताको हात र घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।

