स्याङ्जा रयालमा जस्ताले छाएको घरमा आगलागी , २० लाख बराबरको क्षति - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जा रयालमा जस्ताले छाएको घरमा आगलागी , २० लाख बराबरको क्षति - Gandaki Express

 


स्याङ्जा, वैशाख २० –
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर–०७ रयालस्थित एक निजी आवासमा आगलागी हुँदा ठूलो मात्रामा क्षति भएको छ।

स्थानिय ७४ वर्षीय खिमबहादुर खत्रीको ढुङ्गा–माटोले बनेको, जस्ताको छाना भएको दुईतले कच्ची घरमा विहान करिब ८:३० बजे अचानक विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीले खत्रीको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

घटनामा सुनका करिब ६ तोला गहना, नगद रु. ७०,०००, साथै भाडाकुडा, लत्ताकपडा, अन्य घरेलु सामग्रीसहित कुल अनुमानित रु. २० लाख बराबरको क्षति भएको बताइएको छ।

स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि त्यसअघिसम्म सम्पूर्ण घर जलेर नष्ट भइसकेको थियो।

प्रहरीका अनुसार मानवीय क्षति भने हुन नपाएको र सबै परिवारका सदस्य सुरक्षित रहेको पुष्टि भएको छ।

हाल घटनाको थप अनुसन्धान कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। यस्तै घटनाले विद्युत सुरक्षा तथा सावधानीप्रति सचेत हुनुपर्ने आवश्यकता फेरि एकपटक उजागर गरेको छ।

– संवाददाता, स्याङ्जा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :