फेवातालमा डुङ्गामा फसेका दुई जनाको सकुशल उद्धार - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

फेवातालमा डुङ्गामा फसेका दुई जनाको सकुशल उद्धार - Gandaki Express


पोखरा, वैशाख २७ — पोखरास्थित फेवातालमा डुङ्गा सयर गर्दै गरेका दुई जना हावाहुरीका कारण तालको बीचमै फसेका थिए। उनीहरूको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।


शनिबार दिउँसो करिब ४:४५ बजे लेकसाइड क्षेत्रमा अचानक आएको हावाहुरी र छालका कारण डुङ्गा अनियन्त्रित भइ तालको बीचमै अलपत्र परेको थियो। डुङ्गामा कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मण गुरुङ र विजय गुरुङ सवार थिए।


सशस्त्र प्रहरी बल नेपाल, नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले मोटर बोटको सहायतामा फेवाताल रेस्क्यू टावरबाट उद्धार कार्य सञ्चालन गरी उनीहरूलाई सुरक्षित स्थलमा ल्याएको हो।


प्रहरीले हाल फेवाताल क्षेत्रमा हावाहुरी बढेकोले विशेषगरी साँझपख बोटिङ गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :