पोखरा, वैशाख ३२ – पोखरा–३२ स्थित लामेआहालको पृथ्वी राजमार्ग खण्डमा एक यात्रुबाहक हाईस भ्यान दुर्घटना भएको छ। दुर्घटनामा ३ जनाको ज्यान गएको खबर छ ।
धादिङबाट पोखरातर्फ आइरहेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक हाईस गाडी अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय शिशुवाले जानकारी दिएको छ।
दुर्घटनाका कारण तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।