मेरिगोल्ड अङ्ग्रेजी आवासीय माविमा वक्तृत्व प्रतियोगिता सम्पन्न - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मेरिगोल्ड अङ्ग्रेजी आवासीय माविमा वक्तृत्व प्रतियोगिता सम्पन्न - Gandaki Express


पोखरा, जेठ ९ — पोखरा–१५, नयाँगाउँमा अवस्थित मेरिगोल्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको वार्षिक क्यालेन्डर अन्तर्गतको नियमित शुक्रबारीय कार्यक्रमको सिलसिलामा सम्पन्न उक्त प्रतियोगिता माध्यमिक तहका विद्यार्थीबीच आयोजित गरिएको हो।

"स्वस्थ जीवनका लागि सन्तुलित आहार" भन्ने महत्वपूर्ण शिर्षकमा आधारित वक्तृत्व कार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्य, पोषण र जीवनशैलीबीचको सम्बन्धबारे आफ्ना विचारहरू प्रस्तुत गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, बोल्ने कला र गहन अध्ययन गर्ने प्रवृत्ति विकास गर्न सहयोग गरेको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रममा विद्यालयकी प्रचार्य शर्मिला गुरुङले बोल्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने कला विकास गर्नुका साथै सम्बन्धित विषयमा खोज गर्ने बानी बसाल्ने उल्लेख गरिन्।

प्रतियोगितामा कक्षा १० की रोशनी सुनार प्रथम र बिनम थापा द्वितीय स्थानमा विजयी भएका छन्। अतिरिक्त क्रियाकलाप प्रमुख डिआर काफ्लेले संचालन गरेको उक्त कार्यक्रमको निर्णायकको भूमिका विद्यालयकी नेपाली विषयकी शिक्षिका शुशिला क्षेत्रीले निर्वाह गरेकी थिइन्। 

प्रतियोगिताले विद्यार्थीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै, सामाजिक तथा व्यवहारिक सीप अभिवृद्धिमा योगदान पुर्‍याएको विद्यालयले जनाएको छ। 


 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :