घटनापछि उनलाई तत्कालै नजिकको अस्पताल लैजाने प्रयास गरिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। बालकको शवलाई पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल, लहान पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिनुभयो।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यस्तै, यसअघि सोमबार मात्रै सोही नगरपालिका–१३, दुर्गापुरमा एक ६२ वर्षीय व्यक्तिको पनि खेतमै करेन्ट लागेर ज्यान गएको थियो। यसले खेतमा विद्युत् सुरक्षासम्बन्धी लापरवाहीप्रति गम्भीर चिन्ता उत्पन्न गराएको छ।

