फेसबुकमार्फत ६२ लाखभन्दा बढी ठगी गर्ने युवक सीमा क्षेत्रबाट पक्राउ

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

फेसबुकमार्फत ६२ लाखभन्दा बढी ठगी गर्ने युवक सीमा क्षेत्रबाट पक्राउ

 

सुनसरी, असार ११ — सामाजिक सञ्जाल फेसबुक प्रयोग गरी झुठ्ठा प्रलोभन देखाउँदै ६२ लाख ७५ हजार २०० रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले नेपाल–भारत सीमा नजिकैबाट पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीको देवानगञ्ज गाउँपालिका–१ निवासी २० वर्षीय कुशेश्वर मेहता हुन्।


प्रहरीका अनुसार मेहताले ‘भानिदा सुवन’ नामक नक्कली फेसबुक अकाउन्ट बनाएर आफूलाई थाइल्याण्डको सिएम कमर्सियल बैंकका मेनेजर ‘फुइङ भानिदा’ भनी चिनाउँदै आएका थिए। उनले एलेन अर्बी शाही नामका एक व्यक्तिको सो बैंकमा खाता रहेको, ती व्यक्तिको कोही नातेदार नभएको, र पीडित कुर्मराज शाहीको जात मिल्ने भएकाले खाताको सम्पूर्ण रकम उनको नाममा हस्तान्तरण गरिदिने भन्दै विश्वास दिलाएका थिए।


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार, सोही झुठो प्रलोभनमा परी पीडित कुर्मराज शाहीले विभिन्न मितिमा मेहताको नाममा रहेको बैंक खातामा ६२ लाख ७५ हजार २०० रुपैयाँ पठाएका थिए। अनुसन्धानका क्रममा घटनामा ठगी पुष्टि भएको प्रहरीको भनाइ छ।


लामो समयदेखि फरार रहेका मेहतालाई मंगलबार साँझ सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारी नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि साइबर अपराध विशेषज्ञ निकाय नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :