स्याङ्जामा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई जना चालक पक्राउ

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई जना चालक पक्राउ


स्याङ्जा, असार ३१ गते – स्याङ्जामा लागू औषध सेवन गरी सवारी साधन चलाउने दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको सुनिश्चितताका लागि स्याङ्जा प्रहरीले सञ्चालन गरिरहेको “लागू पदार्थ सेवन चेकिङ अभियान” अन्तर्गत पक्राउ परेका यी दुई चालकलाई कानुनी कारवाहीको प्रक्रियामा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

प्रहरीका अनुसार, असार ३१ गते स्याङ्जाको पुतलीबजार नगरपालिका–१ प्रगतिनगर र वडा नं. ४ नागडाँडा स्थित सिद्धार्थ राजमार्गमा चेकिङ गर्दा उनीहरू लागू पदार्थ सेवन गरेर सवारी चलाइरहेको अवस्थामा भेटिएका हुन्।

पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–५ काउरेका २३ वर्षीय गोविन्द बहादुर सुनार (ग.१ ज. ६८२७ नम्बरको बलेरो जिप चालक) र आँधीखोला गाउँपालिका–६ सेतीदोभानका २६ वर्षीय विशाल दर्जी (ग.१ त. ५१३० नम्बरको ट्रयाक्टर चालक) रहेका छन्।

दुबै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउनेहरू विरुद्धमा “शून्य सहनशीलता” नीतिअनुसार कडा निगरानी र कारवाही जारी राख्ने जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :