देशभर मनसुन सक्रिय, पहाडी क्षेत्रमा भारी वर्षा र पहिरोको जोखिम

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

देशभर मनसुन सक्रिय, पहाडी क्षेत्रमा भारी वर्षा र पहिरोको जोखिम


काठमाडौं, साउन ५ – देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तरतिर सरेकाले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार ती प्रदेशका केही स्थानहरूमा आज भारीदेखि अत्यधिक भारी वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रहरूमा समेत हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने र विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।

कास्कीको लुम्लेमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले आज बिहान कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। विभागका अनुसार सो क्षेत्रमा थप वर्षा जारी रहने देखिएकाले स–साना खोलामा आकस्मिक बहाव वृद्धि तथा भिरालो जमिनमा पहिरोको जोखिम उच्च रहेको छ।

यसैगरी आज बिहान ५:३० बजे विभागले अर्को सूचना जारी गर्दै इलामको कन्काई नदीको मैनाचुली जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ। इलाम क्षेत्रमा वर्षाको दर बढ्दो अवस्थामा रहेकाले नदी किनार र होचो भूभागमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सावधानीका उपायहरू

  • पहिरो र बाढी सम्भावित क्षेत्रबाट टाढा रहनुहोस्

  • स–साना खोला र नदीको किनारमा नजानुहोस्

  • आकस्मिक सूचना र मौसम बुलेटिनको नियमित अनुगमन गर्नुहोस्

  • आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्

विभागले मनसुन अझै केही दिन सक्रिय रहने अनुमान गर्दै सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पुनः अनुरोध गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :