गोरखाको थुमीबाट हराएका एक बृद्ध पुरुष तीन दिनपछि मृत्त फेला

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गोरखाको थुमीबाट हराएका एक बृद्ध पुरुष तीन दिनपछि मृत्त फेला


असार १८, गोरखाको थुमीबाट हराएका एक बृद्ध पुरुष तीन दिनपछि मृत्त फेला परेका छन् ।


मृत्तक आरुघाट गाउँपालिका-४ थुमी धारश्वारा बस्ने ७१ वर्षीय क्षेत्र बहादुर थापा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।


उहाँका अनुसार थापाको मृत्त शरीर सोही ठाउँस्थित गुइखोला (खहरे) दोभानमा मंगलबार फेला परेको हो ।


असार १६ गते साँझ ७ बजे चप्पल किन्न भनेर घरबाट निस्किएका उनी राती अबेरसम्म पनि नआएपछि आफन्त र स्थानियले खोजी गरेका थिए । असार १७ गते आरुघाट ईलाका प्रहरी कार्यालयमा थापा हराएको बिषयमा आफन्तले उजुरी समेत दिएका थिए ।


मृत्तकका आफन्त, स्थानिय र प्रहरीको खोजीमा मंगलबार बिहान ८:३० बजे दोभानमा मृत्त अवस्थामा फेला परेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :