स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१, रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा गरिएको चेकिङका क्रममा लागू औषध सेवन गरी सवारी चलाउने तीन जना र मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने एक जना चालक पक्राउ परेका हुन्।
पक्राउ परेका चालकको विवरण यसप्रकार छ:
लागू पदार्थ सेवन गरेर सवारी चलाउने:
मादक पदार्थ सेवन गरेर सवारी चलाउने:
१. धनश्याम पौडेल, ४८ वर्ष, ग.२ च. ५६८४ नम्बरको एम्बुलेन्स चालक, स्याङ्जा, आधिखोला गाउँपालिका–४।
प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि म्याद थप अनुमति लिई वडा प्रहरी कार्यालय, वालिङमार्फत प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीले असार ६ गतेदेखि सुरु गरिएको यो अभियान सडक दुर्घटना न्यूनीकरण र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नका लागि संचालनमा ल्याएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गर्न लागू र मादक पदार्थ सेवन गरी सवारी नचलाउन अनुरोधसमेत गरेको छ।

