जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार असार १७ गते थान कुमारी पाण्डेको घरबाट अन्दाजी आधा तोला सुनले जडान गरिएको पञ्चरत्ने बाला चोरी भएको थियो । घटनाको सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै जाँदा असार १९ गते दुवैजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चापाकोट नगरपालिका–४ घर भई हाल वालिङ नगरपालिका–६ बस्ने ३४ वर्षीया दिपा क्षेत्री र वालिङ नगरपालिका–९ बस्ने ३२ वर्षीय दुर्गा बिक रहेका छन् ।
उनीहरूलाई असार २० गते स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिइ चोरीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरू यसअघि पनि सोही क्षेत्र आसपासमा घरभित्र पसी मानिसले लगाएका गरगहना चोरेको आशंका गरिएको जनाएको छ । यस्ता घटनाबाट सतर्क रहन आग्रह गर्दै प्रहरीले संकास्पद व्यक्ति देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।