एकै परिवारका १६ जना चार दिनदेखि बेपत्ता, घर अस्तव्यस्त र पशुचौपाया भोकै

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एकै परिवारका १६ जना चार दिनदेखि बेपत्ता, घर अस्तव्यस्त र पशुचौपाया भोकै


सिन्धुली, साउन १२ गते । गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास विप्परकटेरीमा लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना चार दिनदेखि सम्पर्कविहीन भएका छन्।

बिहीबार दिउँसो सुँगुर काटेर खाएको देखिएपछि उनीहरू बेपत्ता भएको आशंका गरिएको छ। प्रहरी र स्थानीयले खोजी तीव्र पारेका छन्। बेपत्ता हुनेमा ५२ वर्षीया उर्मिला हायु, उनका छ छोरा, पाँच छोरी, बुहारी, जेठो ज्वाइँ र नाति–नातिनीहरू छन्।

वडा सचिव गायत्री भण्डारीका अनुसार उनीहरूले बिहीबार मात्रै लोपोन्मुख समुदायको सामाजिक सुरक्षा भत्ता रकम १ लाख ८० हजार रुपैयाँ बैंकबाट झिक्न सिफारिस लिएका थिए।

हराएका व्यक्तिहरूको सूची

  • उर्मिला हायु (५२),

  • कमला (२७),

  • कोमलमाया (२३),

  • उषा (२२),

  • सुजता (१९),

  • अस्मिता (२१),

  • राजु (२९),

  • हिमाल,

  • लालबहादुर (१६),

  • वेगबहादुर (१४),

  • लक्ष्मण (११),

  • सुवर्ण (१२),

  • ओमकुमारी (१०),

  • रियासा (४),

  • अर्जुन (१)

घर अस्तव्यस्त, आगलागीको संकेत

प्रहरी र वडाध्यक्षका अनुसार सोमबार घरमा पुग्दा कोही थिएन। भान्साघर जलेको थियो, भाँडाकुँडा अस्तव्यस्त, खोरमा पाँच बाख्रा र माथि पाडी भोकै थिए। कुखुराहरू चरिरहेका थिए।

वडाध्यक्ष रविनकुमार श्रेष्ठले भने, “शुक्रबारदेखि पाडी भोकै भएकाले उनीहरू त्यही दिनदेखि हराएको अनुमान गरेका छौँ।”

प्रहरी उपरीक्षक लाल ध्वज सुवेदीले सम्पर्कविहीन हायु परिवारको खोजतलास तीव्र पारिएको जानकारी दिनुभयो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :