काठमाडौँ, साउन ११। २०६२ सालमा सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु गराएपछि फरार रहेका प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्।
प्रहरीका अनुसार २०६२ भदौ २५ गते काठमाडौंको तिलगंगा आँखा अस्पताल नजिक बा १ ख ७१४४ नम्बरको मिनीबसले ठक्कर दिँदा नुवाकोट घर भएका २७ वर्षीय कमल तामाङको मृत्यु भएको थियो। सो घटनामा संलग्न प्रतिवादी नानिराम खरेल (५०), सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–२ घर भएका फरार थिए।
उनीलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौँको गौशालाबाट पक्राउ गरेको हो। हाल थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।