पोखरा, १७ साउन। पोखरा महानगरपालिका–१७ राता पैह्रामा ९ सदस्यीय टोल विकास समिति गठन गरिएको छ। देब ब. थापाको अध्यक्षतामा गठित उक्त समितिको प्रमुख अतिथी वडा सदस्य बिक्रम गुरुङ रहेका थिए।
नवगठित समितिमा प्रेम लाल लम्साल उपाध्यक्ष, नरहरी पौडेल सचिव पदमा चयन भएका छन्। कार्यक्रममा हरीयाली आमा समूहकी अध्यक्ष अफ्सरा बस्यालले स्वागत मन्तव्य राख्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथी गुरुङले टोल विकास समितिहरू स्थानीय विकास र सहकार्यको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै नयाँ समितिलाई शुभकामना व्यक्त गरे।