घाचोकमा पहिरोले पुरिँदा एकको ज्यान गयो, घाइते शिक्षकको उपचार हुँदै

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

घाचोकमा पहिरोले पुरिँदा एकको ज्यान गयो, घाइते शिक्षकको उपचार हुँदै


कास्की, साउन १४ – कास्कीको माछापुच्छरे गाउँपालिका–३ घाचोकमा बुधबार गएको पहिरोमा पुरिँदा एक युवकको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–२५ का २३ वर्षीय तेजबहादुर गुरुङ बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा पहिरोमा पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। गुरुङको शव दिउँसो साढे २ बजे पहिरो पन्छाउने क्रममा फेला परेको हो।

सोही पहिरोमा परी घाचोकस्थित शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्। पोखरेल सवार मोटरसाइकललाई बिहान पौने १० बजे गएको पहिरोले पुरेको थियो। घाइते पोखरेललाई स्थानीयले उद्धार गरी मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :