राप्ती तटीय क्षेत्रमा साइरन जडान, बाढी सूचना प्रणाली सक्रिय

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

राप्ती तटीय क्षेत्रमा साइरन जडान, बाढी सूचना प्रणाली सक्रिय


असार १७, बाँके — मनसुन सुरु भएसँगै बाँकेको नरैनापुर गाउँपालिकाले राप्ती नदी आसपासका जोखिमयुक्त क्षेत्रमा बाढी पूर्वसूचना दिने साइरन जडान गरेको छ। प्राकृतिक विपद्बाट जनतालाई जोगाउन गरिएका प्रयासअनुसार गाउँपालिकाको चार स्थानमा यो प्रणाली सक्रिय बनाइएको हो।

गाउँपालिकाका विपद् शाखा प्रमुख तथा सहायक प्रशासकीय अधिकृत भरत महतोका अनुसार नरैनापुर वडा नं ५ मटेहिया, वडा नं ६ का भगवानपुर, सोनवर्षा र गङ्गापुरमा साइरन जडान गरिएको हो। “साइरनले स्वचालित रूपमा राप्ती नदीको जलस्तर खतराको सीमाभन्दा माथि पुग्नासाथ सूचना दिन थाल्छ,” महतोले बताए।

मोबाइल एसएमएसबाट पनि सतर्कता सूचना

साइरन प्रणालीसँगै मोबाइलमार्फत एसएमएस सन्देशबाट पनि स्थानीयलाई पूर्व सूचना प्राप्त हुने व्यवस्था गरिएको छ। यसले विपद्को जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

बाढी पीडितलाई राहतको अनुभूति

गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवका अनुसार, नरैनापुरको वडा नं ५ र ६ विगतमा बारम्बार बाढीको ठूलो मारमा परेका थिए। “२०७१ सालको बाढीले त धेरैलाई घरबारविहीन बनाएको थियो। अहिले साइरन जडानपछि जनतामा ढुक्कको महसुस देखिएको छ,” उनले भनिन्।

गाउँपालिकाको पहलमा र सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको सहकार्यमा करिब २८ लाख रुपैयाँको लागतमा उक्त प्रणाली जडान गरिएको हो।

एसडिएफ बाँकेका अध्यक्ष चम्पसिंह थापा मगरले पनि साइरन प्रणालीले वर्षायाममा गाउँलेलाई शान्तिपूर्वक निदाउन सक्ने वातावरण दिएको बताए। “अब समयमै सूचना पाइने भएपछि जोखिम न्यूनीकरण गर्न सजिलो हुनेछ,” उनले भने।

साना प्रविधि भए पनि बाढी जस्तो प्राकृतिक विपद्बाट जनधनको सुरक्षा गर्न सूचना प्रवाहको भूमिका निर्णायक हुन्छ। नरैनापुरमा स्थापित साइरन प्रणालीले विपद् व्यवस्थापनको नमुना उदाहरण प्रस्तुत गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :