प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र नमूना सार्वजनिक, क्षेत्रअनुसार ढाँचा फरक

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र नमूना सार्वजनिक, क्षेत्रअनुसार ढाँचा फरक


माघ १७ गते निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातै प्रदेशका निर्वाचन क्षेत्र समेटिने गरी मतपत्रका नमूना सार्वजनिक गरेको हो।

आयोगका अनुसार एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाका लागि एक किसिमको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक–फरक ढाँचाका मतपत्र नमूना तयार गरिएको छ। यी नमूना मतपत्रहरू मुख्यतः मतदाता शिक्षाका उद्देश्यले प्रयोग गरिनेछन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारको सङ्ख्यालाई आधार मानेर मतपत्रको आकार निर्धारण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो राखिएको छ भने उम्मेदवार कम भएका क्षेत्रमा सानो आकारको मतपत्र तयार गरिएको छ।

कर्णाली प्रदेशअन्तर्गत सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एक–एक निर्वाचन क्षेत्र रहेका छन्। यस्तै, दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र कायम छन्। ती सबै जिल्लाका लागि आयोगले मतपत्रको नमूना सार्वजनिक गरिसकेको छ।

सुदूरपश्चिम प्रदेशतर्फ बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एक–एक निर्वाचन क्षेत्र छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। ती सबै निर्वाचन क्षेत्रका मतपत्र नमूना पनि आयोगले सार्वजनिक गरेको छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्रको छपाइ कार्य भने यसअघि नै सम्पन्न भइसकेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :