मेरिगोल्डमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मेरिगोल्डमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न - Gandaki Express


पोखरा–१५ स्थित मेरिगोल्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयले आफ्नै प्राङ्गणमा आज माघ ९ गते श्रीपञ्चमीको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङ, संस्थापिका चन्द्रा कुमारी गुरुङ तथा प्राचार्य शर्मिला गुरुङले आ–आफ्नो मन्तव्य राख्दै शिक्षाको महत्व, संस्कारयुक्त शिक्षा र बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालयको प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रमका क्रममा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूले भक्तिपूर्वक विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्दै सरस्वती वन्दना सामूहिक रूपमा गाएका थिए। शैक्षिक वातावरणमा भक्ति र संस्कृतिको समन्वय गरिएको यस कार्यक्रमले विद्यार्थीहरूमा ज्ञान, अनुशासन र संस्कारप्रति थप प्रेरणा प्रदान गरेको विद्यालयले जनाएको छ।

त्यसैगरी, विद्यालय सुरु गर्ने उमेर समूहका दर्जनौं बालबालिकाहरूले यही अवसरमा अक्षरारम्भ गरेका थिए। स–साना बालबालिकाहरूले पहिलोपटक अक्षर चिन्ने र लेखन सुरु गर्ने दृश्यले कार्यक्रमलाई थप भावनात्मक र स्मरणीय बनाएको थियो।


कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी तथा विद्यालयका शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता धार्मिक तथा शैक्षिक कार्यक्रमले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :