![]() |
| फाइल तस्विर |
स्याङ्जा प्रहरीले लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले मिति २०८२ माघ २२ गते दिउँसो करिब १ बजे पुतलीबजार नगरपालिका–१ नारायणथान क्षेत्रमा डेरा गरी बस्दै आएका केही व्यक्तिहरूलाई डेरा नजिकैको सडक छेउमा लागूऔषध जस्तो पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो। त्यसपछि डेरा खानतलासी गर्दा करिब ११५ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा सुर्खेत लेखबेसी नगरपालिका–१० साटाखानी पावरहाउस घर भई हाल पुतलीबजार–१ नारायणथान बस्दै आएका २४ वर्षीय निसान राना रहेका छन्। त्यस्तै सोही स्थानमा बस्दै आएका २६ वर्षीय पूर्णबहादुर छनत्याल, २७ वर्षीय श्यामकुमार छनत्याल, ३७ वर्षीय टंकबहादुर पाण्डे र २६ वर्षीय विक्रम पल्लि मगर पनि पक्राउ परेका छन्।
उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट मिति २०८२ माघ २४ गते सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

