किम्रुङखोलामा ठूलो बाढी, पुल बगायो; मोदीखोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

किम्रुङखोलामा ठूलो बाढी, पुल बगायो; मोदीखोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह


असार २८ गते । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोलामा अत्यधिक वर्षापछि आएको बाढीले एक पुल बगाएको छ।

बाढीका कारण आसपासका क्षेत्र उच्च जोखिममा परेकाले मोदीखोला आसपास बसोबास गर्ने स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्थानीय प्रशासन तथा सरोकारवालाले नदी तथा खोलाको किनारमा नजान, अनावश्यक आवतजावत नगर्न र आवश्यक परे सुरक्षित स्थानमा सर्न अनुरोध गरेका छन्।

साथै, सम्भावित विपद्बाट बच्न आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशनको पालना गर्न र यो सूचना बढीभन्दा बढी व्यक्तिसम्म पुर्‍याई सबैलाई सचेत गराउन पनि आग्रह गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :