प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेबीच चार घण्टा लामो छलफल, केके भयो कुराकानी ?

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेबीच चार घण्टा लामो छलफल, केके भयो कुराकानी ?


असार २९ गते । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार करिब चार घण्टा लामो भेटवार्ता भएको छ।

भेटमा समसामयिक राजनीतिक अवस्था, सरकारका कामकारबाही तथा विभिन्न राष्ट्रिय विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

छलफलका क्रममा सभापति लामिछानेले सुकुमवासी समस्या, अर्थमन्त्री वाग्लेसँगको सम्बन्ध, पार्टीको महामन्त्री चयन, बढ्दो सामाजिक असन्तुष्टि तथा भूराजनीतिक विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

त्यसक्रममा प्रधानमन्त्री शाहले सरकारका कामकारबाहीबारे भ्रम फैलाउने प्रयास तथा पार्टीभित्रैबाट हुने नियोजित विरोधप्रति सचेत रहन रास्वपा नेतृत्वलाई आग्रह गरेको स्रोतले जनाएको छ।

दुवै नेताबीच पछिल्लो राजनीतिक अवस्था, सुशासन, सरकारको कार्यसम्पादन र आगामी रणनीतिका विषयमा पनि विचार आदानप्रदान भएको बताइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :