असार २९ गते । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित विमानस्थल नजिक सार्वजनिक यातायात बसमा यात्रुको मोबाइल फोन र नगद रकम पाकेटमारी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–६ नौबिसे घर भई हाल काठमाडौं बसपार्क बस्दै आएका २६ वर्षीय विशाल उप्रेती र ओखलढुंगाको लिखु गाउँपालिका घर भई हाल काठमाडौं बसपार्क बस्दै आएका २२ वर्षीय किरण तामाङ रहेका छन्।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

