सेती नदी थुनिएको आशंका : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सेती नदी थुनिएको आशंका : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह


पोखरा साउन २ गते । पोखराको वडा नं. १५ र १७ बीच पर्ने क्षेत्रमा सुख्खा पहिरो खसेर सेती नदी आंशिक रूपमा थुनिएको आशंका गरिएको छ। लगातारको वर्षासँगै नदीको सतह करिब ५० मिटरसम्म बढेको जानकारी प्राप्त भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पोखरा महानगरपालिका–१७ की वडा अध्यक्ष राधिका कुमारी शाहीले जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुभवी प्राविधिक तथा विपद् उद्धार टोली तत्काल परिचालन गरी नदीको वास्तविक अवस्था अध्ययन गर्न तथा आवश्यक परे सुरक्षित रूपमा बहाव व्यवस्थापन गर्न अनुरोध गरेकी छन्।

स्थानीयका अनुसार पहिरोका कारण नदी थुनिएर ठूलो पानी जम्मा भएको देखिएको छ। यदि थुनिएको भाग एक्कासि खुल्यो भने तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढीको जोखिम हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

विशेषगरी रातोपहिरा, महतगौडा, लामातारा, दोबिल्ला लगायत पोखरा महानगरपालिका–१५, १४, २१, २९, ३२, ३३ तथा तनहुँ जिल्लाअन्तर्गत सेती नदी आसपासका बस्तीका बासिन्दालाई आवश्यक सावधानी अपनाउन, आधिकारिक सूचना पालना गर्न तथा जोखिम देखिए सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।

हालसम्म सम्बन्धित निकायबाट सेती नदी पूर्ण रूपमा थुनिएको वा तत्काल ठूलो बाढी आउने विषयमा आधिकारिक पुष्टि सार्वजनिक भएको छैन। त्यसैले सर्वसाधारणलाई आधिकारिक निकायबाट जारी हुने सूचना र निर्देशनलाई मात्र आधार मानी आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :