चिनियाँ नागरिक छुटाइदिने भन्दै ७२ लाख रुपैयाँको ‘डिल’ गरेको आरोपमा तीन जनामाथि अनुसन्धान

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

चिनियाँ नागरिक छुटाइदिने भन्दै ७२ लाख रुपैयाँको ‘डिल’ गरेको आरोपमा तीन जनामाथि अनुसन्धान


साउन ६ गते । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ७२ लाख रुपैयाँको आर्थिक लेनदेनको ‘डिल’ गरेको आरोपमा पक्राउ परेका तीन जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार पर्यटक भिसामा नेपाल आएका ९ जना चिनियाँ नागरिक र उनीहरूसँग सम्बन्धित १५ वटा राहदानी फिर्ता गराइदिने भन्दै पूर्व एसएसपी गोपालबहादुर गुरुङ, बिचौलियाको भूमिका खेलेका विक्रमबहादुर थापा र कलाकार नारदप्रसाद खतिवडाबीच आर्थिक लेनदेनको योजना बनेको आशंकामा अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरूबीच भएको भनिएको ह्वाट्सएप च्याट तथा मोबाइलमा भएका डिजिटल प्रमाणको समेत अध्ययन गरिरहेको जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा टोकन रकमस्वरूप केही रकमको कारोबार भएको देखिएको छ भने बाँकी रकम चिनियाँ नागरिक छुटाइएपछि दिने सहमति भएको आशंका गरिएको छ।

प्रहरी स्रोतका अनुसार ह्वाट्सएप संवादमा ७२ लाख रुपैयाँमध्ये ४८ लाख रुपैयाँ अध्यागमन विभागतर्फ व्यवस्थापन गर्ने र बाँकी रकम आपसमा बाँड्ने विषय उल्लेख भएको देखिएको छ। उक्त च्याट तथा आर्थिक कारोबारको वास्तविकता भने अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :