साउन ८ गते । कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा अवैध रूपमा माटो उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरीले एक स्काभेटर र तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले शुक्रबार दिउँसो करिब २ः३० बजे माटो लोड गरिरहेको अवस्थामा एक स्काभेटर र तीन वटा टिप्पर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा बुझाएको थियो।
पोखरा महानगरपालिकाले सम्बन्धित सवारी साधनमाथि ७५ हजार रुपैयाँ जरिवाना गरी छाडिएको जनाएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनहरूमा ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६, बा १ क ८१७७ र लु १ ख २९२० नम्बरका टिप्पर रहेका छन्।

