फेवातालमा डुङ्गा चालकको मापसे र लागुऔषध परीक्षण, गाँजा सेवन गरेका तीन चालक पक्राउ

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

फेवातालमा डुङ्गा चालकको मापसे र लागुऔषध परीक्षण, गाँजा सेवन गरेका तीन चालक पक्राउ


पोखरा । कास्की प्रहरीले फेवातालमा सञ्चालन हुने डुङ्गाका चालकहरूको मादक पदार्थ (मापसे) तथा लागुऔषध सेवन परीक्षण गर्दा तीन जना चालक गाँजा सेवन गरेको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा आइतबार बिहान करिब ८ः३० बजे पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट क्षेत्रमा विशेष चेकजाँच गरिएको थियो।

प्रहरीका अनुसार ३२ जना डुङ्गा चालकको मापसे तथा लागुऔषध परीक्षण गरिएकोमा तीन जनाले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएको हो।

गाँजा सेवन गरेको अवस्थामा फेला परेका तीनै जना चालकलाई वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :